
काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दैछ । सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा साढे ९ बजे बोलाइएको बैठक सुरु हुन सकेको छैन ।
पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्ण पौडेलका अनुसार समसामयिक विषयमा छलफल गर्न सभापति देउवाले बैठक बोलाएका हुन् । महामन्त्री बद्री पाण्डेले आफूलाई बैठकका एजेण्डाबारे पूर्वसूचना नदिइएको बताए ।
आवको बैठकमा प्रधानमन्त्री प्रचण्डलाई दिएको विश्वासको मत पछिको राजनीतिक अवस्थाको समिक्षा र राष्ट्रपति चुनावको रणनीतिबारे छलफल हुने सभापति निकट नेताहरुले बताएका छन् ।
प्रधानमन्त्रीलाई विश्वासको मत दिएर गल्ती भएको शेखर कोइइराला समूहका नेताहरुले बताइरहेको बेला सभापति देउवाल पदाधिकारी बैठक बोलाएका हुन् ।
कोइराला समूहको आइतबार मात्रै बैठक बसेको थियो । उनीहरूले प्रधानमन्त्रीलाई विश्वासको मत दिनु गल्ती भएको बताएका थिए ।