
काठमाडौं । प्रधानमन्त्री प्रचण्ड र प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेबीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीलाई भेट्न सभामुख सोमबार बिहान निवास बालुवाटार पुगेका थिए ।
प्रधानमन्त्रीको सचिवालयकाअनुसार संसदका काम कारवाहीसहित समसामुहिक विषयमा छलफल भएको छ ।
सभामुखमा निर्वाचित भएपछि प्रधानमन्त्रीसँग भेट्न घिमिरे पहिलो पटक बालुवाटार पुगेका हुन् ।
गठबन्धनको तर्फबाट घिमिरेलाई सभामुख बनाउन नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टीका र स्वतन्त्र सांसदहरु अमरेशकुमार सिंह, प्रभु साह र योगेन्द्र मण्डलले मतदान गरेका थिए ।