आज :

माओवादी केन्द्रको स्थायी समिति बैठक ११ गते बस्दै, यी हुन् मुख्य दुई एजेण्डा 

  • अनलाइन डबली

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) को स्थायी समिति बैठक यही माघ ११ गते बस्दैछ । महासचिव देवप्रसाद गुरुङका अनुसार १५ गते केन्द्रिय समिति बैठक बोलाइएको छ ।

बैठकमा मुख्य दुई एजेण्डामाथि छलफल केन्द्रीत हुने बताइएको छ । सरकारका काम कारवाहीलाई प्रभावकारी कसरी बनाउने र पार्टी एकता प्रक्रियामाथि छलफल केन्द्रीत हुनेछ । बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीसँग एकीकरणलाई टुंगोमा लगाउने र एकीकृत समाजवादीसँग भइरहेको छलफलका बारेमा पनि केन्द्रीय सदस्यहरुलाई ब्रिफिङ गरिने नेताहरुले बताएका छन् ।

त्यसैगरी संगठन विस्तारसँगै चुनावमा भएको अन्तरघातबारे पनि छलफल हुने बताइएको छ ।

माओवादी केन्द्र र बाबुरामको पार्टीको एकता कार्यदलबीच पहिलो बैठक बसेर एकता प्रक्रिया अगाडि बढाउने सहमति भएको छ । दुवै पार्टीका कार्यदलले तयार पारेका प्रतिवेदन माथी प्रारम्भिक छलफल गरी केन्द्रीय समितिबाट अनुमोदन गरिनेछ ।

प्रतिक्रिया

Ad of KMC school

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal