
काठमाडौं । प्रधानमन्त्री प्रचण्डले नेपालको राष्ट्रिय संस्कृतिको जर्गेना हुन नदिन वैदेशिक हस्तक्षेप बढेको भइरहेको बताएका छन् ।
आइतबार सोनाम ल्होसारको अवसरमा काठमाडौँको टुँडिखेलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले भने, “‘आजभोलि विदेशी संस्कृतिको प्रभुत्व, हस्तक्षेप, प्रभावद्वारा नेपालको राष्ट्रिय संस्कृतिलाई जर्गेना हुन नदिने एउटा चेष्टा भइरहेको छ ।” नेपालको राष्ट्रिय संस्कृतिको जर्गेना गर्ने दायित्व सबैमा आएको समेत प्रधानमन्त्रीले बताए ।
विगतमा सामन्ती, एकात्मक र अधिनायकवादी शासनबाट नेपालभित्रै रहेका जातजातीय, भाषा र संस्कृतिमाथि दमन भएको समेत प्रचण्डले दाबी गरे । उनले सामान्ती एकतात्मकताको हस्तक्षेपविरुद्धको लडाइँ अझैं जारी रहेको समेत बताएका छन् । उनले बैदेशिक सांस्कृति हस्तक्षेपका कारणले पनि हामी नयाँ परिस्थितिमा
आइपुगेको दाबी समेत गरे ।