
काठमाडौं । ललितपुर बार एसाेसिएशनको अध्यक्षमा गणतान्त्रिक, प्रगतिशील, पेसागत कानुन समूह विजयी भएको छ । अध्यक्षसहित कार्यसमितिका अधिकांश पदमा यही समूहबाट विजयी भएका छन् ।
यो समूहबाट राम श्रेष्ठ ४ सय १९ मत प्राप्त गरेर विजयी भएका हुन् । प्रतिस्पर्धामा रहेकाे बृहत् प्रगतिशील, पेसागत, लोकतान्त्रिक, समाजवादी र समावेशी समूहबाट अध्यक्षका उम्मेदवार शशीकुमार कार्कीले १ सय ७० मत मात्रै प्राप्त गरे ।
त्यसैगरी उपाध्यक्षमा गणतान्त्रिक समूहबाटै बालकृष्ण महर्जन, सचिवमा छोनम मोक्तान, सहसचिवमा रीता श्रेष्ठ, कोषाध्यक्षमा रमेशकुमार महर्जन विजयी भएका छन् ।
महिला सदस्यमा अष्ठकुमारी महर्जन र सुशीला कार्की खुल्ला निर्वाचित भएका छन् भने सदस्यमा भूमेराज आलेमगर, इच्छाराम महर्जन, रत्नबहादुर बुढा, रोहितकुमार कार्की, जीवनकुमार बस्नेत, विराज थापा, विपना योगी विजयी भएका छन् ।