
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती र भारतीय राजदूत नवीन श्रीवास्तवबीच भेटवार्ता भएको छ ।
शुक्रबार भएको भेटमा मन्त्री किराँतीले भारतसँग थप हवाई मार्ग उपलव्ध गराउन आग्रह गरेका छन् । उनले सिमरामा रहेको नेपालको एक मात्र हवाई मार्गको अधिक चाप बढेकोले थप हवाई प्रवेश मार्गका लागि आग्रह गरेको सचिवालयले जानकारी दिएको छ ।
थप हवाई मार्ग उपलब्ध गराउन आफू सकारात्मक भएको बताउँदै राजदूत श्रीवास्तवले भारत सरकारसँग कुरा राख्ने बताएका थिए । मन्त्री किराँतीले नेपालको आग्रहलाई भारतले सकारात्मक रुपमा लिने विश्वास व्यक्त गरेका छन् ।