
काठमाडौँ । सभामुखमा देवराज घिमिरेले पद तथा गोपनीयताको शपथ लिने भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले घिमिरेलाई शपथ गराउँदैछन् । बिहान ११ बजे शपथको कार्यक्रम तय भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
आजै मध्यान्ह १२ः३० मा पद बहाली गर्नेछन् । त्यो भन्दा अघि घिमिरेले लैनचौर स्थित सहिदको सालिकमा माल्यार्पण गर्ने कार्यक्रम छ ।
बिहीबार मात्र उनी सभामुखमा निर्वाचित भएका थिए । सत्ता गठबन्धनका दलहरूको साथमा घिमिरे सभामुखमा निर्वाचित भएका हुन् ।