
काठमाडौँ । प्रतिनिधिसभाको उपसभामुख चुनाव भोलि हुँदैछ । संसद सचिवालयले सार्वजनिक गरेको कार्यतालिका अनुसार आज उम्मेदवारी दर्ताको समय रहेको छ ।
संसद सचिवालयका अनुसार दिउँसो १ देखि ४ बजेसम्म उम्मेदवारी दर्ता हुनेछ भने आजै सवा चार बजे उम्मेदवारको सूची प्रकाशित गरिनेछ । माघ ७ शनिबार १ बजे बस्ने प्रतिनिधि सभामा उम्मेदवारको प्रस्तावमाथि छलफल निणार्यथ प्रस्तुत गर्ने कार्यतालिका रहेको छ ।
गठबन्धनमा उपसभामुख रविको पार्टीको भागमा परेको थियो । गठबन्धनको तर्फबाट सोविता गौतमलाई उपसभामुखको उम्मेदवार बन्दैछन् ।
हिजो गठबन्धनबाट सभामुखमा एमालेका देवराज घिमिरे निर्वाचित भइसकेका छन् ।
उपसभामुखमा पनि उम्मेदवार उठाउने निर्णय गरेकोआज थप निर्णय लिने बताइएको छ ।