
काठमाडौँ । नेपाली काग्रेसका सांसद विमलेन्द्र निधिले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबाट संघीयता खतरामा रहेको आशंका उब्जिएको बताएका छन् ।
बिहीबार संसद बैठकमा बोल्दै निधिले ओलीले संघीयता सबैले मानेकोले आफूले पनि स्वीकार मात्रै गरेको बताएको प्रसंग निकाल्दै प्रतिनिधि सभा विघटन प्रतिगामी होइन भन्ने ओलीको व्यवहारबाट सबै झस्किएको बताए ।
निधिले संविधानले ग्रहण गरेको अवलम्बन र व्यवस्था गरेको प्रणालीले कार्यपालिका भन्दा माथि कसैले पनि निर्देशन दिन नमिल्ने बताउँदै न्यायपालिकालाई नै निर्देशन दिने ओलीबाट सबै जनता झस्किएको बताए ।
प्रधानमन्त्री प्रचण्डले अभुतपूर्व विश्वासको मत पाउँदा ओली खुशी हुनुपर्ने बताउँदै त्यो नभएको उनको बोलीबाट प्रष्ट भएको समेत निधिको दाबी थियो ।
निधिले सभामुखमा ईश्वरीदेवी न्यौपानेलाई मत माग्दै सबैभन्दा योग्य, अनुभवी, क्षमतावान्, कल्पनाशील दूरदर्शी व्यक्तित्व रहेको पनि बताए ।