आज :

सभामुखको चुनावः संसद बैठक जारी, सांसदहरुले मत माग्दै

  • अनलाइन डबली

काठमाडौं । प्रतिनिधिसभाको बैठकमा सभामुखको चुनावको लागि सांसदहरुले मत मागिरहेका छन् । सभामुख निर्वाचनको कार्यसूची रहेको संसद बैठकमा नेताहरुले आआफ्ना उम्मेदवारलाई मत मागिरहेका छन् ।

गठबन्धनको तर्फबाट नेकपा एमालेका देवराज घिमिरेलाई मत दिन आग्रह गरिरहेका छन् भने नेपाली कांग्रेसबाट ईश्वरीदेवी न्यौपानेलाई मत मागिरहेका छन् ।

घिमिरेको प्रस्तावकमा सुवासचन्द्र नेम्वाङ, समर्थकमा हितराज पाण्डे, राजेन्द्रप्रसाद लिङदेन र रवि लामिछाने छन्।

न्यौपानेको लागि काँग्रेस र नेकपा एकीकृत समाजवादीका नेताहरूले मत मागिरहेका छन् ।

२ सय ७५ सदस्य रहेको प्रतिनिधिसभामा सभामुख जित्न १ सय ३८ मत आवश्यक पर्छ । गठबन्धनका उम्मेदवार घिमिरेकाे जित निश्चित जस्तै छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal