आज :

गठबन्धनकाे तर्फबाट घिमिरेले सभामुखका लागि उम्मेदवारी दर्ता गरे

  • अनलाइन डबली

काठमाडौँ । गठबन्धन दलको तर्फबाट सभामुखका लागि नेकपा एमालेका देवराज घिमिरेले प्रतिनिधिसभाको सभामुखका लागि उम्मेदवारी दर्ता गराएका छन् । एमाले सांसद सुवासचन्द्र नेम्वाङको प्रस्ताव र माओवादीका हितराज पाण्डे,रास्वपाका रवि लामिछाने र राप्रपाका राजेन्द्रप्रसाद लिङ्देनको समर्थनमा घिमिरेले उम्मेदवारी दिएका हुन् ।

झापा २ बाट निर्वाचित घिमिरेलाई सभामुखको उम्मेदवार बनाउने एमालेले निर्णय गरेको थियो । नयाँ बानेश्वारस्थित संसद भवनमा पुगेर उम्मेदवारी दर्ता गरेका हुन् ।
नेपाली काँग्रेसले पनि सभामुखको उम्मेदवारी दर्ता गर्ने तयारी गरेको छ ।

आज दिउँसो १ बजेदेखि ४ बजेसम्म उम्मेदवारी दर्ता गर्न संसद सचिवालयले समय दिएको छ । विहीबार विहान ११ बजे सभामुखको निर्वाचनको प्रयोजनाको लागि संसद बैठक बोलाइएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal