आज :

एमालेले देवराजलाई सभामुखको उम्मेदवार बनाउने, यी हुन् काँग्रेसबाट उम्मेदवारी दिने महिला नेतृ

  • अनलाइन डबली

काठमाडौं । भोलि हुन लागेको संघीय प्रतिनिधिसभाको सभामुखको चुनावमा गठबन्धनको तर्फबाट नेकपा एमालेले देवराज घिमिरे सभामुखको उम्मेदवार बन्ने भएका छन् । गठबन्धनमा पहिलो कार्यकाल सभामुख पाएको एमालेले घिमिरेलाई सभामुख पदका लागि उम्मेदवार बनाउने निर्णय गरेको छ ।

सभामुखका लागि एमालेबाट उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र सचिव छविलाल विश्वकर्मा पनि दाबेदार थिए । तर,अध्यक्ष केपी शर्मा ओलीले झापाकै घिमिरेलाई सभामुखको उम्मेदवार बनाउने निर्णय सुनाएका थिए । घिमिरे झापा २ बाट निर्वाचित सांसद हुन् ।

त्यसैबीच नेपाली काँग्रेसले पनि सभामुख पदका लागि उम्मेदवारी दिने निर्णय गरेको छ । बुधबार बिहान बसेको पार्टीको पदाधिकारी बैठकले महिला नेतृलाई सभामुख पदका लागि उम्मेदवार बनाउने निर्णय गरेको हो ।

बैठकमा सहभागी एक पदाधिकारीका अनुसार अम्बिका बस्नेत, ईश्वरी न्यौपाने र सरिता प्रसाईंमध्ये एक उम्मेदवार बन्ने प्रबल सम्भावना रहेको छ । यसबारे औपचारिक निर्णय भने पार्टीको संसदीय दलको बैठकले गर्नेछ ।

यसका लागि १ बजे पार्टीको संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने गरी बैठक बोलाइएको छ । स्रोतका अनुसार ईश्वरी न्यौपानेलाई काँग्रेसले सभामुखको उम्मेदवार बनाउन चाहेको छ ।

काँग्रेस प्रवक्ता प्रकाशशरण महतले प्रधानमन्त्रीले मंगलबार राष्ट्रिय सहमति जुटाउन प्रयास गरेकाे भन्दै उम्मेदवारी दर्ता गर्न केही समय पर्खिने बताएका छन् ।

प्रतिक्रिया

Ad of KMC school

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal