आज :

माघ ५ गते सभामुखको निर्वाचन, आज दिउँसो १ देखि ४ बजेसम्म उम्मेदवारी दर्ता 

  • अनलाइन डबली

काठमाडौँ । यही पुस ५ गते प्रतिनिधि सभाका सभामुखको निर्वाचन हुने भएको छ । आजबाट सो को प्रक्रिया सुरु हुने भएको छ ।  संसद सचिवालयले निर्वाचनको कार्यतालिका प्रकाशन गरेको छ।

कार्यतालिका अनुसार आज दिउँसो १ देखि ४ बजेसम्म उम्मेदवारी दर्ता गर्नु पर्ने भएको छ । निर्वाचन कार्यतालिका अनुसार उम्मेदवारी संसद् भवन नयाँबानेश्वरमा हुनेछ।

आजै बुधबार ४:१५ बजे नै उम्मेदवारहरूको सूची प्रकाशन गर्ने संसद सचिवालयले जनाएको छ । प्राप्त प्रस्तावहरू बिहीबार बिहान बस्ने प्रतिनिधि सभा बैठकमा पेस हुनेछन्।

एक मात्र उम्मेदवार भएकाे अवस्थामा भने सभामुख चयन निर्विरोध हुनेछ। मतदानमा जानुपरे सभामा तत्काल कायम रहेका सदस्य सङ्ख्याको बहुमतबाट निर्वाचित गरिनेछ। कुल २७५ सदस्यीय प्रतिनिधि सभामा निर्वाचित हुन कम्तीमा १३८ सदस्यको आवश्यकता पर्नेछ।

सभामुखमा सत्तारूढ गठबन्धनबाट नेकपा एमालेले देवराज घिमिरेलाई उम्मेदवार बनाउने भएको छ भने नेपाली कांग्रेसलगायतका अन्य दलहरुले विहान बैठक बसेर सभामुख चुनावबारे निर्णय लिने बताएका छन् ।

सभामुख चयनका लागि माघ ५ गते प्रतिनिधि सभाको बैठक बोलाइएको छ।

प्रतिक्रिया

Ad of KMC school

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal