आज :

सबै मन्त्रीले गरे पदभार ग्रहण, यस्ताे छ कार्यविभाजन

  • अनलाइन डबली

काठमाडौं । नवनियुक्त मन्त्रीहरुले पदभार ग्रहण गरेका छन् । उनीहरुले आफूले गर्ने कामबारे पनि संक्षिप्तमा बताएका छन् । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले पदभार ग्रहण गर्दै आफूले संचारलाई जनताको पहुँचमा पुग्ने गरी काम गर्ने बताइन ।

त्यसैगरी नेकपा माओवादी केन्द्रबाट पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले हवाई सुरक्षामा कडाइ गर्न सरोकारवालासँग सहकार्य गर्ने बताए । सिंहदरबारमा पदभार ग्रहण गर्दै मन्त्री किराँतीले हवाई यात्रालाई जोखिमबाट मुक्त बनाउन प्रयास गर्ने बताएका छन् ।

आइतबार पोखरामा भएको जहाज दुर्घटनाबारे नेपाल नागरिक उड्डयन प्राधिकरणसँग आजै बैठक बस्ने उनले जानकारी दिए । मन्त्री किरातीले हवाई क्षेत्र किन असुरक्षित भयो ? यो क्षेत्रमा के कस्ता कमजोरी छन् भन्नेबारे प्राधिकरणसँग जानकारी लिने बताए ।

नवनियुक्त उपप्रधान एवं ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री राजेन्द्र लिङदेनले पाँच वर्षे रणनीतिक योजना बनाएर काम गर्ने बताएका छन् ।

मंगलबार पदभार ग्रहण गर्दै मन्त्री लिङदेनले मुलुकको आवश्यक्ता र प्राथमिकताको आधारमा मन्त्रालयको कार्यसम्पादन गर्न पाँच वर्षे रणनीतिक योजना बनाएर काम गर्ने पहिलो निर्णय भएको बताए ।

राप्रपा उपाध्यक्ष बिक्रम पाण्डे शहरी विकास मन्त्रीको जिम्मेवारी पाएका छन् । उनले पनि पदभार ग्रहण गर्दै विकासका अलपत्र परेका कामलाई अगाडि बढाउने बताए ।

यस्ताे छ कार्यविभाजन 

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal