काठमाडौं । प्रधानमन्त्री प्रचण्डको आह्वानमा सर्वदलीय बैठक बालुवाटारमा सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सरकारलाई विश्वासको मत दिने दलहरुको बैठक सुरु भएको हो ।
बैठकमा नेपाली कांग्रेसबाट सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्का, संसदीय दलका मुख्य सचेतक रमेश लेखक छन् ।
त्यसैगरी एमाले अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र महासचिव शंकर पोखरेल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल पनि रहेका छन् । नेसपाका अध्यक्ष बाबुराम भट्टराई, सञ्चारमन्त्री रेखा शर्मा, र गृहमन्त्री रवि लामिछाने लगायतका नेताहरू पनि सहभागी रहेका छन् ।
बैठकमा खासगरी सरकारमा सहभागी तथा विश्वासको मत दिने दलहरूलाई बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।