
काठमाडौं । मन्त्रिपरिषद् विस्तार भएको छ । नयाँ मन्त्रीहरुले राष्ट्रपति कार्यालय शितल निवासमा पद तथा गोपनीयताको शपथ लिएका छन् ।
नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट मन्त्री भएकाहरुले शपथ लिएका हुन् । एमालेबाट थप चार, माओवादी केन्द्रबाट ३ मन्त्री र एक राज्यमन्त्री, रास्वपाले दुई मन्त्री र एक राज्यमन्त्री, राष्ट्रिय प्रजात्नत्र पार्टीका तीन मन्त्रीले शपथ लिएका छन् ।
अधिकांश नयाँ अनुहारले यसपटक प्राथमिकता पाएका छन् । माओवादीबाट रेखा शर्मा सूचना, सञ्चार तथा प्रविधिमन्त्री, अमनलाल मोदी संघीय मामिला तथा सामान्य प्रशास र सुदन किराती पर्यटन तथा नागरिक उड्ययनमन्त्री र सुशीला श्रीपाली भौतिक पूर्वाधार राज्यमन्त्री भएकी छन् ।
नेकपा एमालेबाट डा. विमला राई पौडेल परराष्ट्र, पदम गिरी स्वास्थ्य, भगवती चौधरी र हरि उप्रेतीले पनि शपथ लिएका छन् ।
राप्रपाबाट सहरी विकासमन्त्रीमा उपाध्यक्ष बिक्रम पाण्डे र कानुनमन्त्रीमा ध्रुवबहादुर प्रधान रहेका छन् । राप्रपाबाटै दीपक सिंह उर्जा राज्यमन्त्री बनेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीबाट डोलप्रसाद अर्याललाई श्रम र शिशिर खनाललाई शिक्षा मन्त्री नियुक्त भएका छन् । यस्तै तोसिमा कार्की स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीमा बनेकी छिन् ।