
काठमाडौँ । प्रधानमन्त्री प्रचण्डको आह्वानमा सर्वदलीय बैठक बस्दैछ । आज दिउँसो ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्दैछ ।
बैठकमा सरकारलाई विश्वासको मत दिने दलहरुसँग प्रधानमन्त्रीले सरकारका कामकारवाहीसँगै पछिल्लो राजनीतिक घटनाक्रमबारे परामर्श गर्न लागेका हुन् ।
स्रोतका अनुसार नेपाली काँग्रेस सरकारलाई राष्ट्रिय सहमतिको रुप दिन तयार भए शक्ति बाँडफाँडमा समेत सहभागी गराइनेछ । काँग्रेसले प्रधानमन्त्रीको प्रस्ताव माने सभामुखबारे छलफल गर्न सकिने बताइएको छ ।
प्रधानमन्त्रीले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको छलफलको क्रममा पनि उठाएको स्रोतकाे दाबी छ । ओलीले काँग्रेस सरकारलाई राष्ट्रिय सहमतिको रुप दिन नमान्ने दाबी गरेको र यदि मानेमा छलफल गर्न सकिने बताएकाे स्रोतकाे दाबी छ ।