आज :

माओवादीबाट रेखा शर्मा संचारमन्त्री बन्दै, सुदन र मोदीलाई कुन मन्त्रालय ?

  • अनलाइन डबली

काठमाडौँ । नेकपा माओवादी केन्द्रबाट आज थप ३ मन्त्रीले शपथ लिने भएका छन् । गठबन्धनको सोमबार अबेरसम्म चलेको बैठकले मन्त्रालयकाे भागबण्डाको टुंगो लगाएको थियो ।

माओवादीले ३ मन्त्री र एक राज्यमन्त्री पाएको छ । नेताहरुका अनुसार रेखा शर्मा, सुदन किराँती र अमनलाल मोदी मन्त्री बन्ने भएका छन् । शर्मालाई सञ्चार, किराँतीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र मोदीलाई सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी दिइने स्रोतले दाबी गरेको छ ।

तर, बाबुराम भट्टराई महेन्द्र रायलाई मन्त्री बनाउन प्रधानमन्त्री प्रचण्डलाई दबाब दिइरहेका छन् । प्रचण्डले राय यसअघि मन्त्री भइसकेको बताउँदै मधेसबाट नयाँलाई अबसर दिने जवाफ दिएको बताइएको छ ।

एक राज्यमन्त्रीको भने टुङ्गो लाग्न बाँकी छ । नयाँ मन्त्रीहरुको दिउँसो १ बजे शपथ राखिएको छ ।

प्रतिक्रिया

Ad of KMC school

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal