आज :

तेस्रो प्रयासपछि आज सुदूरपश्चिम प्रदेशसभाले सभामुख पाउँदै

  • अनलाइन डबली

धनगढी । सुदूरपश्चिम प्रदेशसभाले आज सभामुख पाउने भएको छ । दोस्रो पटकसम्म चुनाव हुँदा पनि सभामुख चयन हुन सकेको थिएन । संविधानले दिएको समय सीमा भित्र सभामुख चयन गर्न असफल भएको सुदूरपश्चिम प्रदेशसभाले १६ औं दिनमा सभामुख पाउने भएको हो ।

यसअघि २८ पुस र ३० पुसमा भएको निर्वाचनबाट कुनै पनि उम्मेदवारले बहुमत ल्याउन नसकेपछि सभामुख चयन हुन सकेको थिएन ।

गठबन्धनबाट माओवादी केन्द्रका भीम भण्डारी र नेपाली कांग्रेसका मानबहादुर रावल उम्मेदवार छन् । २८ पुसमा भएको निर्वाचनमा नागरिक उन्मुक्ति र एमालेका १-१ सांसद अनुपस्थित र एउटा मत बदर भएपछि भण्डारीलाई बहुमत पुगेको थिएन ।

३० पुसमा भएको चुनावमा नागरिक उन्मुक्ति तटस्थ बसेपछि दुबै उम्मेदवारले २२/२२ मत मात्रै पाए । जबकी सभामुखको लागि २७ सांसदको मत चाहिन्छ । सुदूरपश्चिम प्रदेशसभामा ५३ सदस्य छन् ।

नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता चौधरी श्रेष्ठले सुदूरपश्चिम प्रदेशको सभामुख चयनमा सत्तारुढ दललाई समर्थन गर्न निर्देशन दिइसकेकी छन् । केन्द्रको निर्देशन नमानेपछि सोमबार धनगढी पुगेरै अध्यक्ष श्रेष्ठले माओवादी उम्मेदवार भण्डारीको पक्षमा मतदान गर्न निर्देशन दिएकी थिइन् ।

यो निर्देशन नागरिक उन्मुक्तिको प्रदेसले माने आज माओवादीका भण्डारी सभामुख हुने पक्का निश्चित छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal