Skip
आज :

दिउँसो १ बजे नयाँ मन्त्रीहरुको शपथ कार्यक्रम, कुन मन्त्रालय कसको भागमा ?

  • अनलाइन डबली

काठमाडौं । आज मन्त्रिपरिषद् विस्तार हुँदैछ । सत्तारुढ दलहरुको सोमबार साँझसम्म बसेको बैठकले राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र उपसभामुखसहित मन्त्रालय भागवण्डा टुंगो लगाएपछि आज मन्त्रिपरिषद् विस्तार हुन लागेको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकले कसले कति र कुन मन्त्रालय पाउने भन्ने टुंगो लगाएको छ । नेताहरुका अनुसार राष्ट्रपति नेकपा एमाले र उपराष्ट्रपति नेकपा माओवादी केन्द्रले पाउने पक्का भएको छ ।

उच्चस्तरीय संयन्त्रको बैठकमा एमालेले ८, माओवादीले ४, रास्वपा र राप्रपाले ३/३ र जनमत पार्टीले एक मन्त्रालय पाउने सहमति भएको छ । जसपालाई २ मन्त्रालय छुट्याइएको छ । तर, उपराष्ट्रपति नपाएको भन्दै जसपाले सरकारमा नआउने बताएको छ ।

कसले कुन मन्त्रालय पाए ? 

एमाले : अर्थ, परराष्ट्र, रक्षा, भूमि सुधार, कृषि, स्वास्थ्य र महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय

माओवादी : भौतिक पूर्वाधार, सञ्चार, पर्यटन र संघीय मामिला तथा सामान्य प्रशासन

रास्वपा : गृह, शिक्षा र श्रम

राप्रपा : उर्जा, खानेपानी र युवा तथा खेलकुद

जनमत : उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालय

एक नेताका अनुसार जसपालाई शहरी विकाससहित दुई मन्त्रालय छुट्याइएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal