आज :

भारतले पेट्रोलको मूल्य बढाएर पठायो, निगमले के मूल्य बढाउँछ ?

  • अनलाइन डबली

काठमाडौँ । भारतले पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएको छ । भारतीय आयल कर्पोरेसन (आईओसी)ले नेपाल आयल निगमलाई हरेक १५ दिनमा नयाँ मूल्यसूची पठाउँछ ।

आईओसीले पठाएको  नयाँ सूचीअनुसार पेट्रोलको मूल्य प्रतिलिटर २ रुपैयाँ ५१ पैसा बढेर आएको निगमले जनाएको छ ।त्यस्तै डिजेल भने प्रतिलिटर ३ रुपैयाँ ७३ पैसा घटेर आएको छ ।

प्रधानमन्त्री प्रचण्डको निर्देशनमा आयल निगमले पुस २४ गते पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ३/३ रुपैयाँ तथा हवाई इन्धनमा ३० रुपैयाँसम्म मूल्य घटाएको थियो ।

निगमले आईओसीलाई रकम करिब ११ अर्ब रुपैयाँ तिर्नुपर्ने बक्याैता र  सरकारलाई करिब ७ अर्ब रुपैयाँ ऋण तिर्न बाँकी रहेको बताएको बेला फेरि मूल्य बढेर आएको छ ।

निगम स्रोतले पेट्रोलको मूल्य बढेर आएपनि तत्काल मूल्यवृद्धि नगर्ने बताएको छ । पेट्रोलको मूल्य बढेपनि डिजेलको घटेर आएपछि यो बराबरी हुने बताइएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal