आज :

सुदूरपश्चिम प्रदेशमा सभामुख चयन गर्ने आज अन्तिम दिन, नभए के हुन्छ ?

  • अनलाइन डबली

काठमाडौं । आज पनि सुदूरपश्चिम प्रदेशको सभामुख निर्वाचन हुँदैछ । यसअघि दुई पटकसम्म भएको निर्वाचनका कसैले पनि बहुमत नपाएपछि आज पुनः निर्वाचन हुन लागेको हो ।

गठबन्धनबाट नेकपा माओवादी केन्द्रका भीम भण्डारी र नेपाली कांग्रेसबाट मानबहादुर रावल सभामुखका उम्मेदवार छन् । पुस २८ गते भएको मतदानमा एक सांसदको मत बदर भएसँगै भण्डारी सभामुख बन्न सकेनन् । उनले २६ मत मात्रै पाए ।

त्यो दिन केन्द्रमा गठबन्धनमै रहेको नागरिक उन्मुक्तिले पनि भण्डारीलाई मतदान गरेको थियो । तर, त्यसपछि उसले मतदानमा सहभागी नहुने नीति लियो । उन्मुक्तीले मतदान नगरेपछि कसैले पनि आवश्यक मत पाउन सकेका छैनन् ।

प्रदेशसभामा ५३ जना रहेका छन् । सभामुखको लागि २७ जनाको समर्थन आवश्यक पर्छ । पुस ३० गते भण्डारी र रावलले २२-२२ मत पाए ।

प्रदेशसभाको पहिलो बैठक भएको १५ दिनभित्र सभामुख चयन गरिसक्नुपर्ने संवैधानिक व्यवस्था छ । संविधानको धारा १८२ को उपधारमा १ मा प्रदेश सभाको पहिलो बैठक प्रारम्भ भएको मितिले १५ दिन भित्र प्रदेश सभाका सदस्यहरूले आफू मध्येबाट प्रदेश सभामुख र प्रदेश उपसभामुखको निर्वाचन गर्ने छन् उल्लेख छ ।

सभामुखको टुंगो नलागेकै कारण उपसभामुखको चुनाव अन्यौलमा छ । सभामुखले तोकेको दिन वा समयमा उपसभामुखको चुनाव हुने व्यवस्था छ ।

आज पनि सभामुख चयन नभएपछि संवैधानिक संकट पैदा हुने भएको छ । संविधानमा १५ दिनभित्र सभामुख चयन नभए के गर्ने भन्ने संविधानमा कुनै व्यवस्था गरिएको छैन । त्यसैले पनि संवैधानिक संकट पैदा हुने भएको हो ।

प्रतिक्रिया

Ad of KMC school

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal