आज :

पोखरा विमान दुर्घटनाप्रति एनआरएनएका अध्यक्ष कुँवरद्वारा दुःख व्यक्त 

  • अनलाइन डबली

काठमाडौं । आज पोखरामा भएको विमान दुर्घटनाप्रति गैर आवासीय नेपालि संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका अध्यक्ष विनोद कुँवरले दुःख व्यक्त गरेका छन् । अध्यक्ष कुँवरले आइतबार एक शोक विज्ञप्ति जारी गरेर दुर्घटनामा परी ज्यान गुमाउनेप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै परिवारमा गहिरो समवेदना व्यक्त गरेका छन्।

”आज काठमाडौंबाट पोखराका लागि उडेको यति एयरलाइन्सको विमान दुर्घटना भयो। चालक दलका ४ सहित ६८ यात्रु सवार यति एयरलाइन्सको विमान एएनसि एटिआर ७२ जाहाज बिमानस्थलदेखि २ कि.मि टाढा सेती नदी किनारमा दुर्घटना भएको थियो। दुर्घटनामा परी घाइतेहुनेहरुको स्वास्थलाभको कामना गर्दछु र ज्यान गुमाउनेप्रति हार्दिक श्रद्धाञ्जली अर्पण र शोकाकुल परिवारजनमा गहिरो समबेदना प्रकट गर्दछु” कुँवरकाे विज्ञप्तिमा भनिएको छ ।

साथै, अध्यक्ष कुँवरले घटनाको सत्यतथ्य छानविनको साथै हवाई क्षेत्रको सुरक्षाको लागि आवश्यक पहल गर्न सरकारसँग माग समेत गरेका छन् ।

जहाजमा नेपाली ५३ जना, भारतीय नागरिक ५ जना, रसियन ४ जना, आयरल्याण्डका १, अस्ट्रेलियन १, अर्जेन्टिनी १, कोरियन २, फ्रान्सेली १ गरी ६८ जना यात्रु र चालक दलका ४ जना थिए ।

त्यसैगरी विमानमा चालक दलका सदस्यहरू कमल केसी, अन्जु खतिवडा सृजना होंगचुन र ओसिन आले मगर थिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal