आज :

राष्ट्रपति र सभामुखबारे सहमति भएको छैन, माघ ३ गते सर्वदलीय बैठकः प्रधानमन्त्री प्रचण्ड

  • अनलाइन डबली

काठमाडौँ । प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति र सभामुखबारे कसैसँग लिखित सहमति नभएको बताएका छन् । शनिबार विभिन्न सञ्चारमाध्यमहरुका सम्पादकहरुसँगको छलफलमा प्रधानमन्त्रीले सभामुखको निर्वाचन अघि सर्वदलीय बैठक बोलाउन लागेको जानकारी दिएका हुन् ।

‘राष्ट्रपति, उपराष्ट्रपति, सभामुखबारे लिखित सहमति केही छैन । मलाई विश्वासको मत दिने दलहरूको सर्वदलीय बैठक माघ ३ गते  बोलाउँछु । सर्वदलीय सहमति बनाउने मेरो कोसिस छ, सर्वदलीय बैठकले धेरै कुरा निर्धारण गर्छ’ प्रधानमन्त्री प्रचण्डले भने । उनले भोलि आइतबार सर्वदलीय बैठक आह्यवान गर्ने समेत जानकारी दिए ।

सत्तारुढ दलहरुबीच सभामुख पद नेकपा एमालेले पाउने सहमति भएको नेताहरुले बताएका थिए तर प्रधानमन्त्री लिखित सहमति नभएको बताए ।

आगामी माघ ५ गते सभामुखको निर्वाचन हुनुअघि नेपाली काँग्रेससहितका दलहरुसँग प्रधानमन्त्रीले बैठक गरेर साझा सहमतिको बिन्दु खोज्ने प्रयास गरेका छन् ।

त्यसैगरी प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद् विस्तारमा कुनै समस्या नभएको बताए । साझेदार दलको समझदारीमा समस्या नभएको बताउँदै केही दिनमै मन्त्रिमण्डले पूर्णाता पाउने जानकारी समेत दिए ।

देशको अर्थतन्त्र अप्ठ्यारोमा रहेकोमा प्रधानमन्त्री प्रचण्डले चिन्ता व्यक्त गर्दै आफू अर्थतन्त्रलाई सहजीकरण गर्ने विषयमा केन्द्रित भएको पनि बताए । प्रधानमन्त्रीले अर्थमन्त्री र गभर्नरलाई बोलाएर समस्या समाधानका लागि पहल गरेको समेत बताए ।

प्रतिक्रिया

Ad of KMC school

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal