
काठमाडौं । गण्डकी प्रदेशसभाको सभामुख नेकपा माओवादी केन्द्र नेता कृष्ण धिताल निर्वाचित भएका छन्। धितालले ३२ मत ल्याएर विजयी भएका हुन् ।
शनिबार भएको मतदानमा नेपाली कांग्रेसकी सरस्वती अर्याल तिवारी धितालसँग पराजित भएकी छन् । तिवारीले २६ मत मात्रै ल्याइन्। मतदानमा ५८ सांसद सहभागी थिए।
धितालको पक्षमा नेकपा एमालेका २२, माओवादीका ८, राप्रपाका २ र स्वतन्त्र सांसद दीपक मनाङेले मतदान गरेका थिए । उनले गोरखा १ (२)बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए ।