आज :

कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री शर्मालाई पत्रकार महासंघले दियो बधाई

  • अनलाइन डबली

सुर्खेत। कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री राजकुमार शर्मालाई नेपाल पत्रकार महासंघ कर्णाली प्रदेशको पदाधिकारी टोलीले भेटेर बधाई तथा कार्य सफलताकाे शुभकामना दिएको छ ।

मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यलयमा शुक्रबार महासंघको पदाधिकारी टोलिले मुख्यमन्त्री शर्मालाई भेटेर बधाई दिनुका साथै कार्यसफलताको शुभकामना दिदै कर्णालीमा सञ्चार क्षेत्रको विकास र प्रबर्द्धनका लागि पहल गर्न आग्रह गरेको छ ।

महासंघका कर्णाली प्रदेश अध्यक्ष देविराम देवकोटाले कर्णालीमा सञ्चार क्षेत्रको विकासका लागि नवगठित सरकारले सहयोग गर्ने आशा ब्यक्त गर्नुभयो । उहाँले प्रेस स्वतन्त्रता, श्रमजीवी पत्रकारको सवाल, सञ्चार सम्बन्धी कानुन निर्माणलगायतका विषयमा भेटमा मुख्यमन्त्रीको ध्यानाकर्षण गराउनु भएको थियो ।

महासंघको टोलीसँगको भेटमा मुख्यमन्त्री शर्माले बिगतमा विभिन्न मिडियामा रहेर आफूले पत्रकारिता गरेको स्मरण गर्दै कर्णालीमा सञ्चार क्षेत्रको विकासमा सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले सञ्चार सम्बन्धी कानुन बनाउँदा पत्रकार महासंघलगायतका सञ्चार माध्यमको सुझाव र सल्लाह बमोजिम नै बनाइने प्रतिवद्धता व्यक्त गर्नुभयाे ।

कर्णालीको समग्र विकासमा सकारात्मक गतिविधिको प्रभावकारी प्रचार प्रसारमा हातेमालो गर्दै गलत क्रियाकलापको खबरदारी गर्नु पत्रकारिताको इथिक्स भित्रको कुरा भएको मुख्यमन्त्री शर्माको भनाइ छ ।

भेटमा महासंघका उपाध्यक्ष बिमला खड्का, महासचिव खगेन्द्र भट्टराई, सचिव दिपक बुढा र अशोक राजी, कोषाध्यक्ष गणेशकन्चन भारती, महासंघका कालिकोट अध्यक्ष भरतराज विष्टलगायतका पत्रकारहरुले कर्णाली प्रदेशमा सञ्चार क्षेत्रका समस्याबारे मुख्यमन्त्रीलाई अवगत गराउनुभएको थियो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal