आज :

मन्त्रिपरिषद्लाई पूर्णता दिने प्रधानमन्त्रीको तयारी, साझेदार दलहरुको बैठक

  • अनलाइन डबली

काठमाडौँ । प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी गरेका छन् । मन्त्रिपरिषदले पूर्णता नपाउँदा जनताको दैनिक जीवनसँग जोडिएका कामकारवाहीलाई थप प्रभावकारी बनाउन प्रधानमन्त्रीले चाँडो मन्त्रिपरिषदलाई पूर्णता दिन पहल थालेका हुन् ।

प्रधानमन्त्रीले आजै मन्त्रिपरिषदलाई पूर्णता दिने गरी तयारी थालेको बताइएको छ । त्यसको लागि साझेदार दलहरूको बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बोलाइएको छ ।

सरकारमा जान तयारीमा रहेका दल र यसअघि सरकारमा सहभागी नेकपा माओवादी केन्द्र, नेकपा एमाले र रास्वपाले थप पाउने मन्त्रालयबारेमा छलफल गर्न बैठक बोलाइएको हो । प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच दुई चरण यसबारे छलफल भएको थियो । विहीबार मात्रै पनि ओली बालुवाटार पुगेका थिए ।

यसअघि एमालेले उपप्रधानसहित चार मन्त्रीको शपथ गराएको छ भने माओवादीबाट प्रधानमन्त्री र एक उपप्रधानमन्त्री, रास्वपाले उपप्रधानमन्त्री र जनमतले एक मन्त्रीको शपथ गराइसकेको छ । अब १७ वटा मन्त्रालय भागबन्डा गर्न बाँकी छ । सरकारमा सहभागी हुन बाँकी राप्रपा, जसपा, र नागरिक उन्मुक्ति छन् ।

प्रतिक्रिया

Ad of KMC school

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal