आज :

घनश्याम भुसाल आज एकीकृत समाजवादीमा प्रवेश गर्दै, दिउँसो २ बजे विशेष कार्यक्रम 

  • अनलाइन डबली

काठमाडौं । पूर्व एमाले नेता घनश्याम भुसाल नेकपा (एकीकृत समाजवादी)मा प्रवेश गर्ने पक्का भएको छ । गत मंसिरमा सम्पन्न चुनावमा नेकपा एमालेले उम्मेदवारी नदिएपछि स्वतन्त्र चुनाव लडेका भुसाल आज एक कार्यक्रमबीच एकीकृत समाजवादीमा प्रवेश गर्न लागेका हुन् ।

पार्टी नीतिविरुद्ध गएर चुनाव लडेको भन्दै एमालेले भुसाललाई पार्टीबाट निष्कासन गरेको थियो । त्यसपछि कुनै पार्टीमा नलागेका भुसालले एकीकृत समाजवादीलाई आफै पत्र पठाएका थिए । पाँच बुँदे उक्त पत्रको समाजवादीले सकारात्मक जवाफ फर्काएको थियो ।

भुसाललाई पार्टीमा भित्र्याउन एकीकृत समाजवादीले दिउँसो २ बजे वानेश्वरस्थित होटल अर्यालयमा विशेष कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रममा पार्टीका शीर्ष नेताहरुको उपस्थिति रहने बताइउको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal