धनगढी । सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री राजेन्द्र रावलले पद तथा गोपनीयताको शपथ लिएका छन् । नेकपा एमालेका संसदीय दलका नेता समेत रहेका रावललाई प्रदेश प्रमुख देवराज जोशीले बुधबार मुख्यमन्त्री नियुक्त गरेका थिए ।
रावलसँगै दुई जना मन्त्रीले पनि शपथ लिएका छन् । माओवादी केन्द्रका खगराज भट्ट र एमालेकी सन्तोष शर्मा थापाले बिहीबार नै मन्त्रीको शपथ लिएका छन् ।
माओवादी केन्द्रका संसदीय दलका नेता समेत रहेका भट्ट यसअघि मुख्यमन्त्रीको दाबेदार थिए । गठबन्धन दलमा सुदूरपश्चिम एमालेको भागमा परेको थियो ।


अनलाइन डबली





