आज :

साल्ट ट्रेडिङले १५ प्रतिशत लाभांश दिने, बोनस र नगद कति ?

  • अनलाइन डबली

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीहरूलाई लाभांश दिने घोषणा गरेको छ।

कम्पनीको आज (बिहीबार) बिहान बसेको सञ्चालक समितिको बैंठकले सेयरधनीलाई १५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।कम्पनीले सेयरधनीलाई हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र लाभांशमा लाग्ने कर प्रयोजन समेत गरी ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

प्रस्तावित लाभांश नियामक नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीहरूले पाउनेछन्।

त्यस्तै, नेप्सेले उक्त कम्पनीको शेयर कारोबार रोक्का गरेको छ । कारोबार अवधिमा लाभांशको सूचना सार्वजनिक गरेको भन्दै कम्पनीको सेयर कारोबार रोक्का गरेको हो ।

कम्पनीको सञ्चालक समितिको बिहीबार बिहान ८ः३० बजे बसेको बैठकले लाभांश वितरण गर्ने निर्णय गरेको थियो । तर कम्पनीले बजार खुले पछि मात्रै नेप्सेमा जानकारी गराएको थियो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal