आज :

आज गठबन्धन दलको बैठक बस्दै, मन्त्रिमण्डल विस्तार मुख्य एजेण्डा 

  • अनलाइन डबली

काठमाडौँ । आज गठबन्धन दलको बैठक बस्दैछ । बैठकले मन्त्रिमण्डल विस्तार र मन्त्रीको भागबण्डाबारे टुंगो लगाउने नेताहरुले बताएका छन् ।

संसदमा प्रचण्ड विश्वासमो मत पाएपछि प्रधानमन्त्रीले मन्त्रिमण्डल विस्तारको तयारी थालेका छन् । बुधबार दिउँसो गोरखा पुगेका प्रधानमन्त्री प्रचण्ड साँझ बालकोट पुगेर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेका थिए ।

पुस १० गते प्रधानमन्त्री प्रचण्डले आफूसँगै थप तीन उपप्रधान र एमालेका तीन जना मन्त्रीको शपथ गराएका थिए । आफूले विश्वासको मत पाएपछि मात्रै मन्त्रिमण्डल विस्तार गर्ने बताउँदै आएका प्रचण्डले छलफल सुरु गरेका छन् ।

सरकारमा सहभागी भएका र इच्छा जाहेर गरेर समर्थन गरेका दलका शिर्ष नेताहरुसँग पनि प्रधानमन्त्री प्रचण्डले छलफल सुरु गरेका छन् ।

त्यसैगरी एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टीबाट मन्त्री कसलाई बनाउने भन्नेबारे पनि नेताहरुले आन्तरिक छलफल सुरु गरेका छन् ।

आजको बैठकमा मन्त्रिमण्डल विस्तारसँगै सरकारको न्यूनतम साँझा कार्यक्रम कार्यान्वयनबारे पनि छलफल हुनेछ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal