
सुर्खेत । कर्णाली प्रदेशको मुख्यमन्त्रीमा राजकुमार शर्मा नियुक्त भएका छन् । नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता समेत रहेका शर्माले गठबन्धनका २५ सांसदको समर्थनमा मुख्यमन्त्रीको दाबी पेश गरेका थिए ।
नेकपा एमालेले शिर्ष नेताहरुबीच भएको सहमति विपरित बखेडा झिकेपछि दाबी पेश गर्न ढलाई भएको थियो । निर्धारित समय सकिन केही समय अघि दाबी पेश गरेका शर्मालाई प्रदेश प्रमुख तिलक परियारले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
माओवादी लचक हुँदै एमालेको माग अनुसार आलोपालोमा सहमति जनाएको थियो । शर्मालाई माओवादी केन्द्रका १३, एमालेका १० र राप्रपा र नेकपा एसका एकएकजना सांसदले समर्थन गरेका छन् ।
यस्तो छ शर्माको जीवन संघर्षः
जन्मः रुकुम पश्चिमको चौरजहारी नगरपालिका—१४ साक्चामा २०२८ साल भदौ १८ गते ।
राजनीतिमा संगठितः २०४१ सालमा अनेरास्ववियूमा आवद्ध । भूमिगत रुपमा आफ्नै घरमा अनेरास्वयूको क्षेत्रिय सम्मेलन गराएर औपचारिक रुपमा संगठित ।
विद्यार्थीको ईकाइ कमिटी सदस्यः २०४३ सालमा सदरमुकाम मुसिकोट ।
२०४६ सालः नेकपा (मशाल)को पार्टी सदस्यता प्राप्त ।
२०४७ सालः पूर्णकालीन रुपमा राजनीतिमा लागे ।
२०४८ सालः नेकपा एकता केन्द्रको खुला मोर्चा जनमोर्चाको जिम्मेवारी ।
जनयुद्धको तयारीः २०५०/०५१ सालमा रूकुम रोल्पामा सञ्चालित ग्रामीण वर्ग संघर्षमा पूर्णकालिन भएर सहभागी जनसेवा तथा जनपरिचालनमार्फत विकास निर्माण, जनयुद्धको तयारी, जनयुद्धको आवश्यकता बारेमा जनजागरण, स्थानीय जालीफटाहा विरोधी जनसंघर्षमा सहभागी ।
२०५० सालः महतको फुलबारी जङ्गलमा ४५ दिने सशस्त्र तालिम।
२०५२ सालः फागुन १ गते रूकुमको राडी प्रहरी चौकी कब्जा गर्न नेतृत्वदायी भूमिका ।
२०५३ पुसः डोल्पाको त्रिवेणी चौकी आक्रमणमा सहभागी ।
२०५४ सालः जनयुद्धको क्रममा कर्णालीमा सरूवा भएर जुम्ला, कालिकोट, मुगु, डोल्पा, हुम्ला, दैलेख लगायका जिल्लामा विभिन्न समयमा जिल्ला सेक्रेटरी तथा जिल्ला इन्चार्ज ।
२०६१ सालः दैलेखको जिम्मेवारी ।
२०६३ सालः थारुवान राज्य समितिको (दाङ–कञ्चनपुर) को प्रमुख ।
२०६७ सालः नेवा राज्यमा जिम्मेवारी तथा नेकपा माओवादीको केन्द्रीय प्रचार विभाग सदस्य ।
२०७४ सालः जिल्ला समन्वय समिति रुकुम पश्चिमको प्रमुख ।
२०७८ सालः नेकपा माओवादी केन्द्रको कर्णाली प्रदेश अध्यक्ष ।
हाल पार्टीको पोलिटब्यूरो सदस्य ।