
काठमाडौं । बाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले आज पद तथा गोपनीयताको शपथ लिँदैछन् । सोमबार ७० जना सांसदको समर्थनसहित दाबी पेश गरेपछि प्रदेश प्रमुख यादवचन्द्र शर्माले मुख्यमन्त्रीमा नियुक्त गरेका थिए ।
मुख्यमन्त्री जम्मकट्टेलले सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने तयारी भएका छन् । दलहरुले मन्त्रीको बारेमा टुंगो नलगाएकै कारण आज एमालेबाट एक र माओवादी केन्द्रबाट एकजनालाई मन्त्री बनाउने तयारी गरिएको छ । अरु मन्त्रीको बारेमा पनि छिटै टुंगो लगाउने नेताहरुले बताएका छनु ।
जम्मकट्टेललाई नेकपा माओवादी केन्द्रसहित नेकपा एमाले, राप्रपा, नेकपा एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीको समर्थन गरेका छन् ।
मुख्यमन्त्री जम्मकट्टेलले यसअघिका १४ मन्त्रालय घटाएर ९ मा झार्ने तयारी पनि गरेका छन् ।