आज :

वागमती प्रदेशकाे मुख्यमन्त्रीमा जम्मकट्टेलद्वारा दाबी पेश, ७० सांसदकाे समर्थन

  • अनलाइन डबली

काठमाडौँ । बागमती प्रदेशको मुख्यमन्त्रीको लागि नेकपा माओवादी केन्द्रको संसदीय दलका नेता शालिकराम जम्मकट्टेलले दाबी पेश गरेका छन् । जम्मकट्टेललाई ७० जना सांसदहरुको समर्थन रहेको छ ।

माओवादीसँगै नेकपा एमाले, राप्रपा, नेकपा एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीले समर्थन गरेका छन् । माओवादीका २१, एमालेका २७ र राप्रपाका १३, एकीकृत समाजवादीका ७ र हाम्रो नेपाली पार्टीका २ सांसद रहेका छन् ।

प्रदेश प्रमुख शर्माले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्री दावी गर्न पौष २५ गते आइतबार अपरान्ह ४ बजेसम्मको समय दिएका थिए ।

बागमतीमा सरकार गठनका लागि प्रदेशसभामा रहेको ११० सांसदमध्ये ५६ सांसद भए पुग्छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal