
धनगढी । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री नेकपा एमालेका नेता राजेन्द्र रावल पक्का भएको छ । सत्ता गठबन्धनमा भएको सिट बाँडफाँड अनुसार पहिलो चरणमा एमालेले नेतृत्व गर्ने सहमति भएसँगै रावल मुख्यमन्त्री बन्ने पक्का भएको हो ।
सुदूरपश्चिम प्रदेशमा ५३ जना सांसद छन् । सरकार गठन गर्न २७ सांसद आवश्यक पर्छ । सत्ता गठबन्धन भित्र एमालेका १० माओवादी केन्द्रका ११ नागरिक उन्मुक्तिका ७ र राप्रपाका १ सांसद छन् ।
केन्द्रमा भएको सहमति अनुसार यहाँ माओवादीले दोस्रो चरणमा सरकारको नेतृत्व गर्ने छ भने त्यसपछि माओवादी केन्द्रका नेता खगराज भट्ट मुख्यमन्त्री बन्ने छन् ।
केन्द्रको सहमति अनुसार यहाँ सभामुख माओवादी केन्द्र र उपसभामुख नागरिक उन्मुक्तिको भागमा परेको छ ।
एमालेले पहिलो कार्यकला मुख्यमन्त्री पाएसँगै दाबी पेश गर्ने तयारीमा जुटेको छ । त्यसको लागि गठबन्धन दलको बैठक बस्न एमालेले तयारी थालेको छ ।
प्रदेश प्रमुख यही २७ गते पाँच बजेभित्र मुख्यमन्त्री दाबी पेश गर्न समय सीमा दिएका छन् । त्यही अनुसार नेताहरु तयारीमा जुटेका छन् ।