
सुर्खेत । कर्णाली प्रदेशमा नेकपा माओवादी केन्द्रले नेतृत्व पाएको छ । आइतबार साँझ बालुवाटारमा भएको गठबन्धन दलको बैठकले कर्णालीमा माओवादीले पाँच वर्ष नै नेतृत्व गर्ने सहमति भएको छ ।
यो सहमतिसँगै नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता राजकुमार शर्मा मुख्यमन्त्री बन्ने निश्चितभएको छ । शर्माले मुख्यमन्त्रीको दाबी पेश गर्दैछन् ।
कर्णाली प्रदेशका प्रदेश प्रमुख तिलक परियारले पुस २७ गते साँझ ५ बजेभित्र मुख्यमन्त्रीका लागि दाबी पेश गर्न समय सीमा दिएका थिए ।
कर्णाली प्रदेशमा ४० जना सांसद छन्। जसमा कांग्रेसका १४, माओवादी केन्द्रका १३,एमालेका १०,राष्ट्रिय प्रजातन्त्र पार्टी, एकीकृत समाजवादी र स्वतन्त्रका १/१ सांसद छन्।
कर्णालीमा सरकार गठनका लागि २१ सांसद चाहिन्छ।