आज :

बागमती प्रदेशको मुख्यमन्त्रीमा माओवादी नेता जम्मकट्टेलले दाबी पेश गर्दै 

  • अनलाइन डबली

काठमाडौं । वागमती प्रदेशको मुख्यमन्त्रीको लागि नेकपा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य शालिकराम जम्मकट्टेलले आज दाबी पेश गर्ने भएका छन् ।

आइतबार गठबन्धन बैठकमा प्रदेशको नेतृत्वबारे टुंगो लागेसँगै जम्मकट्टेलले दाबी पेश गर्ने भएका हुन् । यो प्रदेशमा माओवादी र नेकपा एमालेले आलोपालो नेतृत्व गर्ने भएका छन् । पहिलो माओवादी र दोस्रोमा एमालेले नेतृत्व गर्ने भएका हुन् ।

माओवादी केन्द्रका संसदीय दलका नेता समेत रहेका जम्मकट्टेल प्रदेशको चौथो मुख्यमन्त्री बन्ने निश्चित भएको छ । यसअघि पनि उनि प्रदेशको आन्तरिक मामिला तथा काूनन र आर्थिक मामिला मन्त्री भइसकेका थिए ।

वागमती प्रद्रेशमा एमालेका २७, माओवादी केन्द्रका २१ तथा राप्रपाको १३ गरि ६१ सिट रहेको छ ।

प्रतिक्रिया

Ad of KMC school

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal