
काठमाडाैं । गठबन्धन दलको बैठकले प्रदेशको भागबण्डा र नेतृत्वको टुंगो लगाएको छ । नेकपा एमालेले दुई प्रदेशमा पाँच वर्ष र नेकपा माओवादी केन्द्रले एक प्रदेशमा पाँच सरकार चलाउने भएका छन् । त्यस्तै, एमाले र माओवादीले दुई प्रदेशमा आलोपालो गर्ने भएका छन् ।
एमालेले प्रदेश १ र गण्डकी प्रदेशमा पाँच वर्ष सरकार चलाउने सहमति भएको छ भने माओवादीले कर्णालीमा पाँच वर्ष सरकार चलाउने भएको छ ।
त्यसैगरी एमाले र माओवादीले सुदूरपश्चिम र वागमतीमा आलोपालो सरकारको नेतृत्व गर्ने भएका छन् । बागमतीमा पहिला माओवादी र सुदूरपश्चिमा एमालेले पहिले मुख्यमन्त्री पाउने सहमति भएको छ ।
मधेस प्रदेशमा पहिलो चरणमा जसपा र त्यसपछि जनमत पार्टीले नेतृत्व गर्ने समति भएको छ ।
आइतबार साँझ बालुवाटारमा बसेको बैठकले सभामुख र उपसभामुखको टुंगो लागेको छ । मधेस र कर्णाली प्रदेशमा एमालेले सभामुख पाउने भएको छ भने प्रदेश १, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमले सभामुख पाउने भएको छ । त्यस्तै बागमती प्रदेशमा राष्ट्रिय प्रजातन्त्र पार्टीले सभामुख पाएको छ ।
त्यसैगरी प्रदेश १ र गण्डकी प्रदेशमा एमालेले उपसभामुख पाउने भएको छ भने बागमती र कर्णालीमा माओवादीले । त्यस्तै लुम्बिनी प्रदेशमा राप्रपाले उपसभामुख पाउने भएको छ भने मधेश प्रदेशमा जनमत पार्टीले पाउँदा सुदूरपश्चिम- नागरिक उन्मुक्तिलाई प्रस्ताव गरिएको छ ।