आज :

क्रान्तिकारीद्वारा त्रिविमा तालाबन्दी, पुनः परिक्षा लिए कडा आन्दोलनको चेतावनी

  • अनलाइन डबली

काठमाडौं । धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा(बहुमत) निकट अखिल (क्रान्तिकारी)ले आइतबार त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रकको कार्यकक्षमा तालाबन्दी गरेको छ ।

हालै त्रिभुवन विश्वविद्यालयले परिक्षाफल प्रकाशनमा ढिलासुस्ति गर्नुका साथै उत्तरपुस्तिका हराएर विद्यार्थीको भविष्यमाथी चरम लापरबाही गरेकोले आफूहरु तालाबन्दी गर्न बाध्य भएको सो विद्यार्थी संगठन् त्रिवि क्याम्पस विशेष समिति इन्चार्ज गाविन्द विष्टले अनलाईन डबलीलाई जानकारी दिए ।

तालाबन्दी पश्चात गरीएको बिरोध प्रदर्शन कार्यक्रमलाई सङ्गठनका केन्द्रीय अध्यक्ष मिलन राईले सम्बोधन गर्दै ‘गल्ति त्रिवि ले गर्ने सजाय विद्यार्थीलाई दिने कुरा हाम्रो सङ्गठनलाई स्विकार्य छैन , असक्षम त्रिवि प्रशासनले तत्काल राजिनामा नदिए कडा सङ्घर्ष गर्ने’ चेतावनी दिए ।
त्रिभुवन विश्वविद्यालय नेपालकै सबैभन्दा ठूलो शैक्षिक संस्था भएता पनि समयमा परीक्षाफल प्रकाशित नहुँदा र उत्तरपुस्तिका हराएर विद्यार्थीको भविष्यमाथी खेलबाड गर्दा हजारौँ विद्यार्थीको भविष्य डामाडोल भएकोप्रति अध्यक्ष राईले आक्रोश व्यक्त गरे ।

नेपालका विभिन्न राजनितिक दलहरु निकट विद्यार्थी संगठनहरुले त्रिविको यस्ता रवैयाको बारम्बार विरोध गर्दै आएका छन् । त्रिवि प्रशासनले गरेको गल्तीको सजाय विद्यार्थीले भोग्नुपर्ने कुरा अस्वीकार्य छ भन्दै सो संगठनका त्रिवि विशेष समिति इन्चार्ज विष्टले हिजो एक विज्ञप्ति सार्वजनिक पनि गरेका थिए सो मा भनिएको छ, ‘हाम्रो संगठन सरकारसँग विद्यार्थीहरूको भविष्य बर्बाद पार्ने गैरजिम्मेवार र असक्षम त्रिवि प्रशासनलाई कडा कारबाहीसहित दोषी कर्मचारीको राजीनामा माग गर्दछ । अन्यथा संगठन सडक मोर्चाबाट कारबाही गर्न बाध्य हुने चेतावनी दिन चाहन्छ ।’

‘त्रिविको यस्तो ज्यादतीविरुद्ध हाम्रो संगठन घोर विरोध गर्दछ, विज्ञप्तिमा भनिएको छ ‘त्रिविका यस्ता घटनालाई रोक्न हाम्रो संगठनले त्रिवि प्रशासनसँग पटकपटक मागहरु बुझाउने, छलफल गर्ने, धर्ना तथा नाराजुलुश गर्ने गरिरहेको छ ।’ गत वर्ष पुस २० गतेदेखि माघ ४ गतेसम्म त्रिविले लिएको स्नातक तह बिबिएस चौथो वर्षको परीक्षा प्रकाशन गर्नुको सट्टा फेरि परीक्षा लिने भनेर त्रिविले सूचित गरेकाले सो संगठनले आपत्ति जनाएको हो ।

दमक बहुमुखी क्याम्पस, झापाका बिबिएस चौथो वर्षमा अध्ययनरत विद्यार्थीहरूको बिजनेस रिसर्च मेथड्स विषयको सिम्बोल नं ७०२०२००१ देखि ७०२०२०२५२ उत्तरपुस्तिका हराएकाले त्रिविले पुनः परीक्षा लिन खोजेको सो संगठनले बताएको छ ।

प्रतिक्रिया

Ad of KMC school

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal