आज :

नेपालको अर्थतन्त्रमाथि गम्भिर चुनौती थपिएको छ: राष्ट्रपति भण्डारी

  • अनलाइन डबली

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आन्तरिक उत्पादन वृद्धि गर्न नसकिंदा नेपालको अर्थतन्त्रमाथि गम्भिर चुनौती थपिएको बताएकी छन् ।

आइतबार परिसंघको तस्रो साधारणसभालई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले अर्थतन्त्रमा देखिएको तरलता संकुचनसहित बाह्य क्षेत्रमा देखिएको दवाब, उत्पदानमुलक क्षेत्रमा कमजोर लगानी विस्तार र उत्पादकत्व वृद्धिसहित उचित प्रतिफलको अभावले अर्थतन्त्रमा चुनौती थपिएको बताइन् ।

आत्मनिर्भर अर्थतन्त्रको निर्माण राष्ट्रिय पूँजी परिचालनमा बैंक तथा वित्तिय वित्तीय संस्थाको भूमिका महत्वपूर्ण रहेको र पूँजी परिचालनको उद्देश्य उपयुक्त भएपनि आर्थिक विकास र रोजगारी वृद्धिमा अपेक्षाकृत उपलब्धि हासिल हुन नसकेको बताईन् ।

बैंक तथा वित्तीय संस्थाले नेपाल सरकारसँगको समन्वयमा प्रभावकारी योजना बनाइ कार्यान्वयन गर्नुपर्ने राष्ट्रपति भण्डारीको भनाइ छ ।

आन्तरिक उत्पादन बढाउन र उत्पादनशीलता बढाउन सके आयातमा आधारित उपभोग प्रणाली नियन्त्रण र यसैमा आधारित राजस्व प्रणालीमा सुधार ल्याउन सकिने बताएकी हुन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal