आज :

राष्ट्रियसभा सदस्य उप-चुनावः २८ गतेसम्म दल दर्ता गर्न आह्वान (सूचनासहित)

  • अनलाइन डबली

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रसभा सदस्यको उप चुनावको लागि दल दर्ता आह्वान गरेको छ । आयोगले आइतबार एक सूचना जारी गारेर आउँदो माघ २५ गते हुने राष्ट्रिय सभा सदस्य उप–चुनाव प्रयोजनको लागि दल दर्ता आह्वान गरेको हो ।

लुम्बिनी प्रदेशबाट अन्य समूहको रिक्त राष्ट्रिय सभा सदस्यका लागि उप–चुनाव हुँदैछ । प्रतिनिधि सभा चुनावमा उठ्न राष्ट्रिय सभाका सदस्य खिमलाल भट्टराईले राजीनामा दिनुभएको थियो । आयोगले आज सूचना निकालेर संविधानको धारा २ सय ७१ अनुसार दल दर्ताका लागि आह्वान गरेको आयोगद्वारा जारी सूचनामा भनिएको छ ।

निर्वाचन आयोगमा दर्ता कायम रहेका दलहरुले उप–चुनावका लागि भोलि अर्थात २५ देखि २८ गतेसम्म आयोगमा निवेदन दिन सक्नेछन् । दल दर्ता गर्ने प्रयोजनका लागि सार्वजनिक बिदाको दिनमा समेत आयोगको कार्यालय खुला हुनेछ ।

यस्तो छ सूचना 

प्रतिक्रिया

Ad of KMC school

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal