आज :

प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने जसपाको निर्णय

  • अनलाइन डबली

काठमाडौँ । जनता समाजवादी पार्टी नेपाल (जसपा) ले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको छ । जसपाको राजनीतिक समितिको बैठकले आफ्ना मागहरु पूरा गर्न प्रचण्ड सकारात्मक भएको भन्दै सरकार विश्वासको मत दिने निर्णय गरेको हो ।

सरकारको न्यूनतम साझा कार्यक्रममा आफूहरुले उठाउँदै आएका मागहरु पनि समेटिएका भन्दै जसपाले खुशी समेत व्यक्त गरेको छ । प्रधानमन्त्री नियुक्तिको बेला प्रधानमन्त्रीलाई समर्थन गरेको जसपा सरकारमा सहभागी हुन पनि सकारात्मक छ ।

जसपाको राजनीतिक समितिको बैठकबाट सरकारमा सहभागी हुनका लागि राखिएका सर्तहरुमध्ये नागरिकता समस्या समाधान र सुशासनको प्रत्याभूति जस्ता विषय पनि न्युनतम साझा कार्यक्रमको मस्यौदामा समेटिएको जसपाले बताएको छ ।

यद्यपि पुस २७ गतेलाई पृथ्वी जयन्तीका रुपमा सार्वजनिक विदा दिने विषयलाई मस्यौदामा समेट्ने कुरामा भने जसपाको असहमति प्रकट गरेको छ । सरकार सञ्चालनका निम्ति सत्ता साझेदार दलहरूको न्यूनतम साझा कार्यक्रम निर्धारण गर्न गठित कार्यदलले सरकारमा सहभागी दलका शीर्ष नेताहरूलाई आफ्नो प्रतिवेदन बुझाएको छ ।

प्रतिक्रिया

Ad of KMC school

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal