आज :

पहिलो पटक सबै माओवादी एकै मञ्चमा, नयाँ समिक्षा गरेर अगाडि बढ्न तयार

  • अनलाइन डबली

काठमाडौँ । विभिन्न समूहमा विभाजित माओवादीहरु एउटै मंचमा बसेर वैज्ञानिक समाजवादमा कसरी पुग्न सकिन्छ भनेर छलफल र बहस गरेका छन् । विभजनासँगै अलग पार्टी गठन गरेका माओवादी नेताहरुबीच पुनः एकताको चर्चा चलिरहेको बेला सबै माओवादीहरु एकै मंचमा देखा परेका हुन् ।

काठमाडौंको संवाद डबलीमा ‘समाजवाद स्थापनाको आवश्यकता र औचित्यता’ विषयक अन्तरक्रिया कार्यक्रममा सबै माओवादी नेताहरुले आत्मसमिक्षासहित नयाँ आधारमा नयाँ एकता गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिए । त्यसको लागि साझा मंच बनाएर छलफल गर्दै जानेमा सबै नेताहरु सहमत देखिन्थे ।

कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महराले आत्मसमिक्षासहित सबै कम्युनिस्ट एक ठाउँमा नआएसम्म समाजवादमा पुग्न नसकिने बताए । उनले समाजवादको लागि छलफल र बहस गर्न साझा मंच बनाउन आवश्यक रहेको समेत बताए । आफूहरुका कमजोरी बताउँदै महराले विदेशी शक्तिहरु माओवादीलाई निशस्त्रीकरण, आकार घटाउन र घृणा पैदा गर्ने अभियानमा लागेको र त्यसमा सफल भएको समेत बताए ।

माओवादी केन्द्रका प्रवक्ता समेत रहेका महराले माओवादी नेताहरुले दुई बाटो हिडेको र दुबै बाटोबाट गन्तव्यमा पुग्न नसकेको बताए ।

“एकथरी माओवादी नेताहरु एम्बुसको बाटोमा हिडे र एकथरी त्यसलाई छल्नुपर्छ भन्दै संसदको बाटोमा । किरण–विप्लव पनि आफू हिडेको बाटोमा अगाडि बढ्न सक्नुभएन । हामी पनि दलदलमा फस्यौं । सबैले आआफ्ना आत्मसमिक्षा गर्न जरुरी छ” महराले भने ।

कार्यक्रममा नेकपा बहुमतका संयोजक धर्मेन्द्र बास्तोलाले अहिलेको व्यवस्थाकै निरन्तरताबाट समाजवादमा पुग्न नसकिने भन्दै क्रमभंग आवश्यकता रहेको बताए । उनले परिवर्तनको लागि एकता हुनुपर्नेमा जोड दिए ।

बास्तोलाले नेपालको संसदीय व्यवस्था निरंकुश रहेको बताउँदै दलाल पुँजिवादबाट पुँजिवादमा पुग्नलाई पनि आन्दोलन आवश्यक रहेको समेत बताए ।

कार्यक्रममा नेकपा (क्रान्तिकारी माओवादी) का नेता परि थापा, नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य रामदीप आचार्य, नेकपा माओवादी समाजवादीका अध्यक्ष कर्णजीत बुढाथोकी, नेकपाका केन्द्रीय सदस्य चिरन पुन, नेकपा समाजवादीका राजु कार्की, वैज्ञानिक समाजवादीका जागृत रायमाझी, अरुण गुरुङलगायतले वैज्ञानिक समाजवादीको लागि विभाजित माओवादी शक्तिहरु नयाँ शिराबाट एकठाउँमा आउनु आजको आवश्यकता रहेको बताएका बताएका थिए ।

प्रतिक्रिया

Ad of KMC school

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal