
काठमाडौं । प्रतिनिधिसभाका सभामुखको निर्वाचन माघ ७ गते हुने भएको छ । शुक्रबार बसेको सर्वदलीय बैंठकमा माघ ७ गते सभामुखको चुनाव गर्ने सहमति गरेको छ ।
सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन २५ गते आह्वान गरेकी छन् ।
नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले बैठकपछि संचारकर्मीलाई माघ ७ गते सभामुखको चुनावको लागि सबै दलहरु सहमत भएको बताए ।