
काठमाडौँ । सरकारका न्यूनतम् साझा कार्यक्रमलाई अन्तिम रूप दिने तयारी भइरहेको छ । कार्यदलको बैठक सिंहदरबारमा जारी रहेको छ । उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल संयोजकत्वको कार्यदलको बैठक अर्थमन्त्रालयमा बसिरहेको छ ।
बैठकले साझा कार्यक्रमलाई अन्तिम रूप दिएर शीर्ष नेता समक्ष पेश गर्ने तयारी भइरहेको छ । शिर्ष नेताहरुको बैठकले पास गरेपछि सार्वजनिक गरिने बताइएको छ ।
कार्यदलमा माओवादीका तर्फबाट वर्षमान पुन, रास्वपाका तर्फबाट महामन्त्री मुकुल ढकाल, राप्रपा महामन्त्री डा. धवलशमशेर राणा र जसपाका रकम चेम्जोङ सदस्य छन् ।
प्रधानमन्त्री प्रचण्डले पुस २६ गते विश्वासको मत लिनु अगावै सरकारका साझा कार्यक्रम सार्वजनिक गर्ने गठबन्धनको तयारी छ ।