आज :

पुस २५ गतेभित्र बागमती प्रदेशको मुख्यमन्त्रीको दाबी पेश गर्न आह्वान

  • अनलाइन डबली

काठमाडौँ । बागमती प्रदेशको मुख्यमन्त्रीको लागि यही पुस २५ गतेभित्र दाबी पेश गर्न आह्वान गरिएको छ । प्रदेश प्रमुख यादवचन्द्र शर्माले विहीबार नयाँ सरकार गठनका लागि आह्वान गरेका हुन् ।

प्रदेश प्रमुख शर्माले कुनैपनि दलले बहुमत नल्याएका कारण दुई वा दुई भन्दा बढी दलहरुसँगको सहकार्यमा सरकार गठनका लागि आह्वान गरेका हुन् । प्रदेश प्रमुख कार्यालयका सचिव ओमबहादुर खड्काका अनुसार संविधानको धारा १६८ को उपधारा (२) बमोजिम पुस २५ गते ५ बजेभित्र दाबी पेश गर्न आह्वान गरिएका छ ।

निर्वाचनको अन्तिम परिणाम सार्वजनिक भएको मितिले ३५ दिन भित्र सरकार गठन गरिसक्नु पर्ने संवैधानिक प्रावधान छ । प्रदेश प्रमुख कार्यालय हेटौंडाले निर्वाचनको अन्तिम परिणाम सार्वजनिक भएको मिति गत मंसिर २८ गतेलाई आधार मानेर सरकार गठनको लागि आह्वान गरेको सचिव खड्काले बताए ।

सरकार गठनको आह्वान भएको दिनदेखि ५ दिन भित्र मुख्यमन्त्रीमा बहुमत सदस्यको हस्ताक्षरसहित दावी पेस गर्न भनिएको छ ।
प्रदेशको कुल ११० सदस्यीय बागमती प्रदेशसभामा सरकार गठनका लागि ५६ जनाको सांसदको समर्थन आवश्यक हुन्छ ।

बागमती प्रदेशसभामा सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको ३७ जना सांसद रहेका छन् भने एमालेका २७, माओवादी केन्द्रका २१, राप्रपाका १३, नेकपा एकीकृत समाजवादीका ७, नेमकिपाका ३ र हाम्रो नेपाली पार्टीका २ जना सांसद रहेका छन् ।

प्रतिक्रिया

Ad of KMC school

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal