
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक फरी ६ दिन पछिलाई सारिएको छ ।
२२ पुस शुक्रबारका लागि बोलाइएको बैठक ६ दिन पर सारिएको हो । अब केन्द्रीय समिति बैठक २८ पुसको दिउँसो १ बजे बस्ने तय भएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
केन्द्रीय समिति बैठक मूल रुपमा गत निर्वाचनको समीक्षा गर्न बोलाइएको छ । बैठकका छलफलका एजेण्डामाा समसामयिक राजनीतिका सन्दर्भ र विविध समेत राखिएको छ । ४ मंसिरको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि कांग्रेसको केन्द्रीय समिति बैठक बसेको छैन ।
त्यस्तै,रोल्पा क्षेत्र नम्बर १ (२) बाट स्वतन्त्र उम्मेदवारी दिएर लुम्बिनी प्रदेश सभा सदस्यमा निर्वाचित भएका दीपेन्द्र कुमार पुनमगर ९सिजल० नेकपा माओवादी केन्द्रमा फर्किएका छन् ।
गत मंसिर ४ को निर्वाचनमा तत्कालीन सत्ता गबठन्धनको आधिकारिक उम्मेदवार नेपाली कांग्रेसका अमरसिंह पुनविरुद्ध माओवादी केन्द्रका दीपेन्द्रले स्वतन्त्र उम्मेदवारी दिएका थिए । दीपेन्द्र साढे ५ हजार भन्दा बढी मत अन्तरले विजयी पनि बने । दीपेन्द्रले १४ हजार ९२७ र अमरसिंहले १० हजार ४०६ मत पाएका थिए ।