आज :

प्रधानमन्त्री प्रचण्डले प्रभावकारी काम गर्न निर्देशनात्मक सम्बोधन गर्दै

  • अनलाइन डबली

काठमाडौं । प्रधानमन्त्री प्रचण्डले प्रभावकारी काम कारवाहीको लागि आज निर्देशनात्मक सम्बोधन गर्दैछन् । सोमबार सचिवहरुसँगको छलफलपछि प्रधानमन्त्रीले सरकारी काम कारवाही प्रभावकारी रुपमा अगाडि बढाउन मातहतका सबै निकायलाई निर्देशन दिन विशेष सम्बोधन गर्न लागेका हुन् ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार हिजो सचिवहरुका कार्यविवरण सुनिसकेपछि प्रधानमन्त्रीले काम कारवाही प्रभावकारी बनाउन आवश्यक निर्देशन लागेका छन् ।

प्रचण्डले यो कार्यकाल कम बोल्न र बढी काम गर्ने प्रतिवद्धता समेत जाहेर गरिसकेका छन् । प्रधानमन्त्री नियुक्त भएपछि प्रचण्डले सुशासन र नागरिकलाई सरल र सहज रूपमा सेवा प्रदान गर्ने यसअघि नै घोषणा गरेका थिए। त्यस्तै, नागरिकलाई सेवा प्रदान गर्ने निकायमा भइरहेको बेथिति अन्त्य गर्ने घोषणा गरेका थिए।

नागरिकलाई सिंहदरबार प्रवेशमा सहज बनाउन गृहमन्त्री रवि लामिछानेलाई निर्देशन दिएका प्रधानमन्त्रीले राहदानी वितरण, सवारी चालक अनुमतिपत्रलगायत सेवाग्राहीको बढी भीडभाड हुने कार्यालयको कामलाई सरल र सहज बनाउने पहिलो प्राथमिकतामा राखेका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal