Skip
आज :

पुस २२ गते सर्बदलीय बैठक आह्वान, यस्ता छन् एजेण्डा

  • अनलाइन डबली

काठमाडौँ । प्रतिनिधिसभा ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले पुस २२ गते सर्वदलीय बैठक बोलाएका छन् । पुस २५ गते प्रतिनिधिसभाको पहिलो बैठक बस्ने भएकोले संसद सचिवालयले सर्बदलीय बैठक बोलाएको हो । राष्ट्रपति विद्यादेवी भण्डारीले २५ पुसमा प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छन् ।

संसद सचिवालयका अनुसार पहिलो बैठकमा दलहरूले बोल्न पाउने समय बाँडफाँडका विषयमा छलफल हुनेछ । गत मंसिर ४ गते सम्पन्न चुनावमा सातवटा दल मात्र राष्ट्रिय पार्टी बनेका छन् भने संसदमा १२ वटा दलको प्रतिनिधित्व हुने भएको छ । त्यस्तै, पाँचजना स्वतन्त्र सांसद प्रतिनिधिसभामा छन् ।

चुनावमा नेपाली काँग्रेस ८९ सांसदसहित पहिलो दल, नेकपा एमालेका ७८ सांसदसहित दोस्रो दल, नेकपा माओवादी केन्द्र ३२ सांसदसहित तेस्रो दल बनेका छन् । त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका २०, राप्रपाको १४, जसपाको १२, एकीकृत समाजवादीका १०, जनमत पार्टीका ६, लोसपाका चार, नागरिक उन्मुक्ति पार्टीका तीन सांसद छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal