आज :

एकीकृत समाजवादी र जसपाले सरकारका सहभागिताबारे निर्णय गर्दै

  • अनलाइन डबली

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीले सरकारमा सहभागिताको विषयमा निर्णय लिन बैठक बस्दैछन् । एकीकृत समाजवादीको पोलिटब्युरो बैठक आज बस्दैछ ।

दुई दिनसम्म बसेको स्थायी कमिटी बैठकले सरकारमा सहभागिताको विषयमा निर्णय लिन नसकेपछि पोलिटब्यूरो बैठक बोलाइएको हो । स्थायी समितिमा सरकारमा सहभागि हुने वा प्रतिपक्षमा बस्ने भन्नेमा नेताहरुबीच फरक फरक धारणा रहेको एक नेताले बताए ।

पार्टी अध्यक्ष माधव कुमार नेपाल सरकारमा जाने विषयमा सकारात्मक रहेको तर अन्य नेताहरु सरकारलाई समर्थन गरेर बाहिरै बस्नुपर्ने मत बैठकमा राखेका थिए । त्यस्तै, सम्मानित नेता झलनाथ खनालले सम्मानजनक अवस्थामा भए सरकारमा सहभागी हुनुपर्ने मत राखेका थिए ।
पोलिटब्यूरो पनि एकमतका साथ निर्णय लिन नसके केन्द्रीय समिति बैठकले निर्णय लिने नेताहरुले बताएका छन् ।

त्यसैगरी सरकारमा सहभागिताकै विषयमा निर्णय लिन जनता समाजवादी पार्टीको बैठक बसेका छ । ललितपुरको भोलढोकास्थित ज्यापू प्रज्ञा भवनमा बिहान ११ बजे सुरु भएको बैठक भोलिसम्म चल्छ । यही बैठकले सरकारको न्यूनतम साझा कार्यक्रम र सरकारमा सहभागिताबारे निर्णय गर्ने बताइएको छ ।

जसपाले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डनेतृत्वको सरकारलाई समर्थन गरे पनि सरकारमा जाने वा नजाने विषयमा कुनै निर्णय गरिसकेको छैन ।

कार्यकारिणी समितिको बैठकले यो विषय टुंगो लगाउने जिम्मा राजनीतिक समितिलाई दिएको थियो । बैठकमा चुनावको समीक्षा, विधान अधिवेशन र दलहरूसँग एकतालगायतका विषयमा पनि छलफल हुने बताइएको छ ।

प्रतिक्रिया

Ad of KMC school

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal